सत्य महर्जन ॰

pronounce as Sa-tya. Ma-har-zan.

a disciple of Jesus Christ- Yeshu Bhakta; a husband and a father to three children. I love Chatāmari, Chhoyalā, kahilā, Ja:lā, Dhau, Gundru, and Samay Baji but always have reservations toward Yomari (lit. a better liked or tasty bread) despite what its name suggests. I am a Culer ever since I saw Romario, Hristo Stoichkov, Gheorghe Hagi, Ronald Koeman, Joseph “Pep” Guardiola, Jośe Mari Bakero, Eusebio Sacristan, and co. play in the Catalan cathedral—Camp Nou on 14” black & white tv.

My childhood hero was Roberto Baggio for his sheer talent on the pitch, carrying the Italian national team all the way to the FIFA WC Final ‘94 eventually failing to convert the decisive penalty kick from the 12-yard spot. Yet, I loved him for his ponytail.

I am a/an…
  • Team Jesus Rookie
  • Not so regular Blogger
  • Cultural Broker,
  • Conduit
  • Advocate

शब्दजालसँग कुस्ती खेल्न जान्ने कुनै चतुर लेखक होईन नेपाली मेरो मातृभाषा होईन प्राथमिक विद्यालयमा हुँदा नेपाली शुद्द बोल्न आएन भनेर जन्मजात नेपाली बोल्नेहरूबाट हेपिएँ र “ट त” बिच स्वर छुट्याएर बोल्न नजान्दा गिज्याइएँ । पछि थाहा भयो कि जन्मजात नेपाली बोल्नेहरू मध्य पनि कतिले अहिलेसम्म पनि “प्रसाद र पर्साद” बिच स्वर भिन्नता छुट्याएर बोल्न नआउँदो रहेछ (हाँसो)। हैट। तर अहिले भाँति पुर्याएर लेख्ने र बोल्ने मबाट प्रयास निरन्तर भैरहेको छ र हुनेछ ।

मेरा धेरै परिचय मध्ये म एक स्वतन्त्र ख्रीष्टियन ब्लगर पनि हुँ । म आफ्नो दृष्टिकोणमा वस्तुपरक हुने कोसिस गर्छु । शब्द नचपाई आफूलाई मनमा जे लाग्छ, त्यो कुरा सफा मनले साफ भनिदिन्छु । यहि स्वभावले केहि असल हितैसि मित्र, धेरै आलोचक, नगण्य रचनात्मक आलोचकहरू सँगसँगै मैले मेरो सबैभन्दा विश्वासयोग्य साथी, सहयात्री, प्रशंसक, आलोचक र जीवनसाथी पाएको छु ।

मेरा कुनै महत्त्वाकांक्षि सपना र रहर छैन । परमेश्वर, परिवार, केहि विश्वासयोग्य मित्रसँग जीवनमा अर्थपूर्ण सम्बन्ध बनाउने र अनुभव साट्ने कोशिस छ ।

म किन ब्लग गर्छु?

  • कारण, यसले मेरो मनमा लागेका विचार र दृष्टिकोण शब्दमा पोख्ने सार्वजनिक तर नितान्त व्यक्तिगत दबली वा मंच पाएको छु ।
  • कारण, मैले भिन्नै कोणबाट मेरो धारणालाई प्रस्तुत गर्न पाउँछु ।
  • कारण, कुनै सम्पादकले मेरो विचारलाई शब्द संख्या वा गुणस्तर मापदण्डको हँसियाले छिमोल्ने मौका नै पाउँदैन ।

यस ब्लगमा प्रस्तुत विचार, धारणा, टिप्पणी, अनुभव, र आलेख मेरा नितान्त व्यक्तिगत हुन । मेरो दबलीमा मेरो रजाइँ । सुर-ताल नमिले पनि ख्रीष्टको नाताले एकै भाकामा अवश्य गाउँछु । कसैलाई मेरो कुराले मनमा ठेस लागे, सद्भाव क़ायम गरि छलफल गर्न सकिन्छ ।

सुभाय – धन्यवाद ।